ट्राफिक जरिवाना आइएमइ पेबाट तिर्न सकिने

कमल राज ढकाल /चितवन - आइएमई पेमार्फत ग्राहकहरूले सजिलैसँग ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको हो। आइएमइ पेबाट सहजै ट्राफिक जरिवाना तिर्न सक्नुका साथै बैंकमा लाईन बस्ने झन्झट हटेको हो । आइएमइ पे आफ्नै मोबाइलमा हुने भयकोले बैकमा गयर लाईन बस्दा समय बचत हुने भयको छ 

 ग्राहकलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने कर भुक्तानी, लोक सेवाको भुक्तानीसँगै ट्राफिक फाइन भुक्तानीको सेवा थप गरेको हो।

ग्राहकले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा थप गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

ट्राफिक फाइन तिर्नका लागि ग्राहकले आइएमई पेको एपमा गवर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गर्न सक्छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय