जापानमा भुकम्पले ६४ जनाको ज्यान लियो

जापान । जापानको इशिकावा प्रान्तमा सोमवार बिहान गएको ७।६ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ । इशिकावामा बुधवार दिउँसोसम्म मृत्यु हुनेको संख्या ६४ पुगेको हो ।

इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै घाइते भएको बताइएको छ । जापानको मौसम विज्ञान एजेन्सीले हप्तामा विशेष गरी आगामी दुईदेखि तीन दिनमा शक्तिशाली परकम्पहरू आउनसक्ने चेतावनी दिएको छ ।

 सोमवारदेखि जापानमा कम्तिमा १ सय ५५ पराकम्प गएको छ । अहिले पनि खोजी कार्य र उद्धारको काम भइरहेको जापानी मिडियाहरुले जनाएका छन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय