विक्रम कुमार पौड्याल । काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आज भएको त्रिदेशीय एकदिवसिय क्रिकेट श्रृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराएको छ।
नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७।४ ओभरमा ८ विकेट गुमाएर भेट्यायो। नेपालको जीतमा ओपनर कुशल भुर्तेलले सानदार सतक प्रहार गरे।भुर्तेलले ११५ रन बनाउँदा कप्तान रोहित पौडेलले ७२ रनको अर्धशतकीय पारी खेले। नामिबियाका रुबेन ट्रम्पलमेन र निकोल लोफ्टी एटोनले ३र३ विकेट लिए।
एसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुदै २८५ रन बनाएको थियो। नामिबियाको लागि भान लिंगेनले १३३ र कप्तान एरासमुसले ५६ रनको पारी खेलेका थिए। नेपालका करण केसीले ५ तथा सन्दिप लामिछानेले ३ विकट लिएका थिए। अब नेपालको अर्को खेल शुक्रबार स्कटल्याण्ड संग हुनेछ।