हेमन्त कान्छाको प्रश्न फूल रोएको कसले देख्छ र ? 

काठमाण्डौ । लोकप्रिय गायक हेमन्त कान्छाको नयाँ गीत फुल रोएको कसले देख्छ र भर्खर मात्र सार्वजनिक भएको छ । बहुप्रतिभाका धनी गायक तथा सर्जक हेमन्त कान्छा रसाइलीले यस अघि पनि धेरै सुमधुर गीतहरूमा आवाज भरिसकेका छन । 

रिम गुरुङको लय तथा शब्द सिर्जना रहेको सो एकल गीतमा हेमन्त आफैले संगीत संयोजन गरेका छन भने सुमधुर आवाज समेत भरेका छन । ईश्वर बल्लभ उप्रेतीको निर्देशन रहेको गीतले जीवन भोगाइको कथालाई गीतमा उठाएको छ ।

गीत सार्वजनिक भएपछि दर्शक स्रोताबाट राम्रो प्रतिक्रिया आइरहेको गायक कान्छाले आर्थिक सन्देशलाई बताउनु भयो । 

 

प्रतिक्रिया