इन्द्रेणी सञ्चालक कँडेल अदालतमा,आरोप लगाउने कलाकारले पनि मुद्दा दायर गर्ने तयारीमा

काठमाडौं । ईन्द्रेणीका संचालक कृष्ण कँडेलले शर्मिला श्रेष्ठ लगाएतका कलाकारहरुको विवाद अदालत सम्म पुगेको छ । 

शुक्रबार कंडेलले जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् ।

 उनले श्रेष्ठसहित जीवन टण्डन, कविता लामा, पूर्णप्रसाद कँडेल, खगेन्द्र विक, लक्ष्मीप्रसाद घिमिरेलाई विपक्षी बनाई गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् ।इन्द्रेणीबाट अघोषित निष्कासनमा परेका पाँच जना कलाकारले फेसबुक लाइभमा आएर सञ्चालक कृष्ण कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए । शर्मिला श्रेष्ठलगायतका कलाकार संयुक्तरूपमा लाइभमा आएर उनीहरूले पुसदेखि आफूहरूलाई कार्यक्रममा नबोलाइएको बताएका थिए ।

साथै कँडेल माथि यौन हिंसाको समेत आरोप लागेको छ । यता कलाकारहरु पनि न्यायको लागि अदालत जाने प्रक्रियामा रहेको बताएका छन् । 

प्रतिक्रिया