राप्ती हाइड्रोको आज पहिलो कारोबार हुने,कतिमा होला पहिलो कारोबार ?

काठमाडौं - केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन आइपीओ नेप्सेमा सूचीकरण भएको छ ।

मंगलबार यसको ६१ लाख २७ हजार ९३८ कित्ता सेयर सूचीकरण भएको हो । अब बुधबार (भदौ १५ गते) बाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।

जसअनुसार पहिलो कारोबार न्यूनतम १०६ रुपैयाँ ३५ पैसादेखि अधिकतम ३१९ रुपैयाँ ०५ पैसाभित्र रहेर हुनेछ । आरएचजीसीएल संकेतमा यसको कारोबार खुला हुनेछ ।

प्रतिक्रिया