गोरखाको धार्चेमा पहिरो: ५ जना बेपत्ता, २ घाइते

सांकेतिक तस्विर

गोरखा, धार्चे गाउँपालिका वडा नम्बर ५ रिसामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएअनुसार आज बिहान करिब तीन बजेतिर पहिरोले एउटा घर र एउटा कृषि फर्म पुरिँदा ५ जना बेपत्ता भएका छन्।

घटनाको जानकारी प्राप्त भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली बेपत्ता व्यक्तिहरूको खोजी र घाइतेहरूको उद्धारका लागि परिचालित भएको छ।

मौसम प्रतिकूल र बाटो खराब भएकाले उद्धार टोलीलाई घटनास्थलमा पुग्न केही समय लाग्ने बताइएको छ।

हालसम्म बेपत्ता र घाइते व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन।

प्रतिक्रिया