मानुषी लघुवित्तको आजबाट दोस्रो बजारमा कारोबार,कतिमा होला पहिलो कारोबार ?

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर (आईपीओ) असोज ११ गते सोमबारबाट धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ । 

 

आईतबार नेप्से सँग सम्झौता गरेसँगै यसको कारोबारको लागि मिति तय भएको हो । 

 

नेप्सेले लघुवित्तको शेयर दोश्रो बजारमा कारोबारका लागि एमएलबिएस (MLBS) कारोबार संकेत (सिम्बोल) पाएको छ । 

 

पहिलो कारोबारका लागि नेप्सेले पछिल्लो परिष्कृत वित्तीय विवरणमा कायम प्रतिशेयर नेटवर्थलाई आधार मानेर प्रतिशेयर न्युनतम १३२.६९ रुपैयाँदेखि अधिकतम ३९८.०७ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

प्रतिक्रिया