भारत - भारत हरियाणाको महेन्द्रगगढमा एक जना बीएससी विद्यार्थीलाई लाठ्ठी–मुंग्रीले निर्घात कुटपिट गरिरहेको भिडिओ सार्वजनिक भएको छ।
घाइते विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको छ। देवी जागरणको निहुँमा भएको सामान्य विवादमा हत्या गरिएको बताइएको छ।
यस घटनामा संलग्न अभियोगमा महेन्द्रगढ़ प्रहरीले १८ जनाभन्दा बढी व्यक्तिविरुद्ध हत्या मुद्दा दर्ता गराएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आक्रमणको बर्बर भिडिओ सार्वजनिक भएपछि प्रहरीले एक जना आरोपितलाई पक्राउ गरेको छ।
पोस्टमार्टम रिपोर्टले पनि गौरव नामका ती युवकको मृत्यु पिटाइले नै भएको देखाएको छ। यो घटना अक्टोबर ९ मा भएको हो, तर त्यसको भिडिओ भने अहिले सार्वजनिक भएको हो।
भिडियो हेर्न यहाँ जानुहोस ।