काठमाण्डौ । तिव्र उतारचढाव विच बजार मापक सूचक नेप्से ३७ अंक भन्दा धेरैले घटेर बजार बन्द भएको छ । नेप्पेसँगै कारोबार रकम पनि घटेर ३ अर्व १२ करोडमा झरेको छ ।
आज कारोबार भएका २३१ कम्पनीहरुमा २६ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १६० कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । साथै ३ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
आज दिनैभरि तिव्र उतारचढाव विच बजार बन्द हुने बेलामा घटेको थियो । प्राइम कमर्शियल बैंकको सबै भन्दा धेरै शेयर खरिद विक्री हुँदा आईसीएफसी फाइनान्सको सबै भन्दा धेरै मूल्य घटेको छ ।
वीमा उपसमूहको शेयर मूल्य सबै भन्दा धेरै घटेर कारोबार हुँदा करिव ५० हजार हाराहारी पटक कारोबार भएको छ ।