ग्रीन भेन्चर्सको आइपीओ पनि भाग्य हुनेले मात्र पाउने, १९ लाखको हात खाली हुने पक्का

काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओमा साढे २१ लाख बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार ६ बजेसम्ममा २१ लाख ५७ हजार ५६० जना आवेदकबाट २ अर्ब ५९ करोड ४० लाख ५६ हजार रुपैयाँ बराबरको २ करोड ५९ लाख ४० हजार ५६० कित्ता शेयर माग गरेको हो ।

यो सर्वसाधारणको लागि छुट्टाएको २८ लाख ७५ हजार कित्ताको ९.०३ गुणा बढी हुन आउछ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

निष्कासन गरिने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सर्वसाधारणमा बिक्री गरेको थियो ।

आईपीओमा चैत ११ गते सम्म आवेदन दिन सकिने छ भने त्यो अबधिमा माग अनुसार आवेदन नपरे चैत २२ गते सम्म मिति थपिने छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन । यो आइपीओ २ लाख ८० हजुलार भन्दा धेरैले १० कित्ता शेयर पाउने छन् ।

आवेदकले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन । यो कम्पनीको शेयरमा केबल १० कित्ता आवेदन दिए पुग्ने देखिन्छ । 

कम्पनीको आईपीआलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय