अन्तिम कारोबार दिन पनि घटेरै बजार बन्द

काठमाडाै - यो साता लगानीकर्ताको लागि खासै राम्रो हुन सकेन । यस अघिका अधिकांस दिन घटेको बजार बुधबार पनि दाेहाेराे अंकले घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.५८ अंकले घटेर २०६२.८६ विन्दुमा झरेकाे छ । नेप्से ०.८५ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.९९ अंकले घटेर ३९६.३९ विन्दुमा झरेकाे छ ।

कूल २२९ वटा कम्पनीकाे ४१ लाख ५६ हजार एक सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४७ करोड २६ लाख ९० हजार ५ सय ५४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । 

त्यसैगरी, बिहीबार कुमारी बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ६ कराेड ७४ लाख ६९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज बलेफी हाइड्राेपावर कम्पनी लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

प्रतिक्रिया