काठमाडौं - नेपालमा अहिले धमाधम आइपीओ निष्कासन भइरहेका छन् । आज मात्र एक कम्पनीको आइपीओ निष्कासन भएको छ भने १३ गते पनि नयाँ आइपीओ सार्वजनिक हुँदै छ ।
रिभर फल्स पावरको आइपीओमा ९ करोड ८५ लाख १३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार (वैशाख ११ गते) साँझ ५ बजेसम्ममा ६ हजार ८ जनाले ९ लाख ८५ हजार १३० कित्ताका लागि आवेदन दिएका हुन् ।
यो आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले चैत २७ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी पुँजीको १०% अर्थात ७ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
L
यसले संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाहरुका लागि आइपीओ खुला गरेको हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रिभर फल्सको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।