काठमाडौंं - बालिका बलात्कारको आरोपमा निलम्बित क्रिकेटर सन्दीप लामिछाने अहिले नेपाल प्रहरी र नेपाल क्रिकेट एसोशियसन(क्यान) सम्पर्कभन्दा बाहिर छन् ।
सिपिएल खेल्न वेष्ट इन्डिज गएका लामिछाने बुधबारसम्ममा नेपाल पुग्ने भनिएता पनि उनि अहिले कसैको सम्पर्कमा छैनन् ।
बलात्कारको अभियोगमा काठमांडौ जिल्ला अदालतबाट उनका नाममा पक्राउपुर्जी जारी भइसेको पछि उनले आँफु छिट्टै नेपाल फर्किएर अनुसन्धानमा सहयोग गर्ने र आँफु र्निदोश समेत रहेको बताएका थिए ।
उनलाई अध्यागमन विभागले समेत उनलाई कालो सुचिमा राखेको छ । उनले नेपाल आउन फ्लाइटको टिकट समेत बुक गरिसकेका थिए तर पछि पुनः उनले उक्त टिकट रद्द समेत गरेको स्रोतले बतायो ।