श्रीलंकामा संकटकालको घोषणा

श्रीलंकामा संकटकालको घोषणा भएको छ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले संकटकाल जारी गर्ने घोषणा गरेका हुन् । साेहि क्रममा प्रधानमन्त्रीले कार्यकारी राष्ट्रपतिकाे जिम्मेवारी लिएका छन् ।

आर्थिक संकटसँग संघर्ष गरिरहेको श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे यतिबेला देश छोडेर माल्दिभ्स पुगेका छन् । उनकाे राजीनामा पर्खेर बसेका श्रीलंकन नागरिकहरु राष्ट्रपतिले देश छोडे यता थप उग्र बनेका हुन् । राजधानी कोलम्बोको सडकमा प्रर्दशनकारीहरुले आन्दोलन गरिरहेका छन् ।

यहिँ आन्दोलनलाई मध्यनजर गर्दै प्रधानमन्त्री रनिल विक्रमसिंघेले संकटकालको घोषणा गरेका हुन् ।श्रीलंकामा आन्दोलनका क्रममा आन्दोलनकर्ताबीच झडप पनि भएको छ जसमा १२ जना घाइते भएका छन् । सोहि क्रममा प्रहरीले बल पनि प्रयोग गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय