रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौं । काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सनको खोप लगाइने भएको छ ।
५० वर्षदेखि ५४ वर्ष उमेर समूह, छुटेका स्वास्थ्यकर्मी, अपांगता भएका नागरिकलाई लगाएर बचेको खोप लगाइने भएको हो । उक्त खोप यही साउन ४ गतेदेखि लगाउन सुरु गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उक्त उमेर समूहलाई आजदेखि जोन्सन एन्ड जोन्सनको खोप लगाउने निर्णय भएको जानकारी दिए ।
स्वास्थ्य सेवा विभागले काठमाडौं जिल्लालाई एक लाख ४० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप उपलब्ध गराएको थियो ।