कमल राज ढकाल /चितवन - घरासयी सामान्य विवादले सुरु भएको झगडाले चितवनमा एक दम्पतीको ज्यान गएको हो ।
श्रीमतीको ह’त्या गरेर श्रीमानले आत्मह’त्या गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित खेतबारीका २३ वर्षीय प्रेमबहादुर रानामगर ले चौकोस प्रहार गर्दा उनकी श्रीमती २१ वर्षीय बुद्धिमाया रानामगरको मृत्यु भएको हो ।
श्रीमतीको ह’त्या गरेपछि रानाले पासो लगाएर आत्मह’त्या गरेका हुन् । उनीहरुको चार वर्षका छोरा छन् । कामबाट फर्किएपछि उनीहरुबीच झगडा भएको स्थानीयले बताए । सोमबार साँझ साढे सात बजेतिर घटना भए पनि बिहान मात्रै थाहा भएको वडाध्यक्ष क्याप्टेन सूर्यबहादुर गुरुङले बताए ।श्रीमतीलाई खाली शंका मात्रै गर्दा अघिपछि झगडा हुने गरेको रैछ’ , उनले भने, ‘ हिजो श्रीमतीलाई चौकोसले हानेपछि आफू डोरी लगाएर झुण्डिएको हो । नजिकै घर नभएको कारण बिहान मात्रै थाहा पाइयो। सामान्य घरायसी विवादले सुरु भएको झगडाले ह’त्याको रुप लिएको हो ।
पोष्टमार्टमका लागी शवलाई भरतपुर अस्पताल लगिएको छ ।’शव घर बाहिर आँगनमा रहेको अगेनाको छेउमा मृत अबस्थामा फेला परेको डिएसपी नरहरि आचार्यले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।