कोरोना संक्रमणको त्रास फेरि बढ्यो,विदेश नजान सरकारको आग्रह

काठमाडौं - सरकारले अत्यावश्यक बाहेक विदेश भ्रमण नगर्न अनुरोध गरेको छ । कोरोना संक्रमणको जोखिम फेरि बढेको हुँदा अनावश्यक भ्रमण नगर्न अनुरोध गरेको हो । 

अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो । 

विश्व स्वास्थ्य संगठनले पनि यो भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरिसकेको छ । तर, हालसम्म नेपालमा उक्त भेरियन्ट फेला परी नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यही कारण यो भेरियन्टलाई रोक्न समयमै सावधानी अपनाइ नेपाल प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सम्बन्धित निकायहरू तिव्र रुपमा एक भएर काम गरिरहेको अवस्था छ।’

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय