मेलम्चीमा फेरि बाढी आयो, बाँकी घरहरू पनि बगायो

काठमाण्डौ - केही समय पहिला बाढीले वितण्डा मच्चाएको मेलम्चीमा फेरि बाढी आएको छ । 

बाढीले रेडियोको घर लगाएत केही घर पूर्णरुपा क्षति पुर्याएको छ साथै प्रहरी चौकी समेत बगाएको छ । 

लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि क्षति पुगेको हो । अहिले सम्म मानविय क्षतिको विवरण भने आइसकेको छैन् । 

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको छ । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ ।

प्रतिक्रिया