सरकारकै कारण रोकियो ५ महिना देखि आइपीओ निष्कासन

काठमाडौँ - नेपाली धितोपत्र बोर्डको प्रमुख भिष्मराज ढुङ्गाना निलम्बन परेपछि प्राथमिक शेयर निष्कासन प्रक्रिया प्रभावित भएको छ । 

विगत ५ महिना देखि नयाँ आइपीओ निष्कासन हुन सकेका छैन । बोर्डका अध्यक्ष निलम्बनमा परेपछि प्रकृया रोकिएको हो भने अझै सुचारु हुने संकेत देखिएको छैन । 

नयाँ आइपीओ निष्कासन गर्ने काम बोर्ड अध्यक्ष नआई नहुने देखिएको छ । अहिले बोर्डमा निरज गिरीले प्रशासनिक काम चलाइरहेका छन् तर नीतिगत निर्णय भने हुन सकेको छैन । । नियामक निकायमा स्वीकृतिको लागि अहिले ६ अर्ब माथिका कम्पनीको शेयर प्रक्रियामा रहेको छ । 

सयपत्री जलविद्युतको ९० करोड देखि डिस होमको २३ करोड सम्मको शेयर निष्कासनको प्रक्रियामा रहेका छन् । 

शेयर आउनेमा अधिकांस जलविद्युत कम्पनी रहेका छन भने इन्स्योरेन्स र लघुवित्त पनि यो लहरमा छन् ।

प्रतिक्रिया