गुजरातलाई हराएसँगै नेपालले जित्यो उपाधि

काठमान्डौ - भारतमा जारी मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालले गुजरातलाई हराउँदै उपाधि जित्न सफल भएको छ। 

फ्रेन्डसिप कपमा नेपालले आज गुजरातलाई १८ रनले हराउँदै उपाधि जित्न सफल भएको हो। १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो । गुजरातका कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए ।

आर्य देशाई २४ बलमा ४ चौका र २ छक्कासहित ३६, रुद्र पटेल १७, जयमित पटेल र हर्ष देशाईले १५/१५ रन बनाए । नेपालका अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए ।करण केसी र कुशल मल्लले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेलेका थिए ।

प्रतिक्रिया