काठमाडौं - यही शनिबार पौडेल सेन्चुरी बन्धु बागलुङका अध्यक्ष श्री रामकृष्ण सेन्चुरीको समायोजनमा, विभिन्न पेशा, व्यवसाय तथा अन्य कार्य क्षेत्रमा स्थायी र अस्थायी रूपमा काठमाडौंमा बसोबास गर्दै आएका सेन्चुरी बन्धुहरुको भेला सम्पन्न भएको छ।
यस भेलाको उद्देश्य सेन्चुरी बन्धुहरुको धर्म, संस्कार, र संस्कृतिलाई संरक्षण गर्दै भावी पुस्तासम्म पुर्याउनु, साथै सेन्चुरी बन्धुहरुमा आइपर्ने आपतकालीन समस्याहरूलाई भौतिक, आर्थिक, र नैतिक रूपमा सहयोग पुर्याउँदै समाज रुपान्तरणमा योगदान दिनु रहेको छ।
भेलाले "पौडेल सेन्चुरी बन्धु सम्पर्क समाज काठमाडौं" नामक संस्था गठन गरेको छ।
कार्यसमिति निम्नानुसार चयन गरिएको छ:
1. अध्यक्ष: श्री लाल बहादुर सेन्चुरी
2. उपाध्यक्ष: होम बहादुर सेन्चुरी
3. सचिव: राम सेन्चुरी
4. सहसचिव: रमेश सेन्चुरी
5. कोषाध्यक्ष: किसान सेन्चुरी
6. सदस्य: गणेश सेन्चुरी
7. सदस्य: भूमिराम सेन्चुरी