प्रिओपन सेसनमा ४ अंंक भन्दा धेरैले बढ्यो नेप्से

काठमाण्डौ । बिहीबार नेप्से परिसूचक ४.७५ अङ्कले बढेर समग्र बजार २१९१ विन्दुमा पुगेको छ । बुधबार नेप्से घटेर बजार बन्द भएको थियो । 

यो सेसनमा ३८ कम्पनीको शेयर खरिद बिक्री भएकोमा १६ लाख माथिको कारोबार भएको छ । कारोबार भएका मध्य २५ कम्पनीको शेयर मूल्य बढेको छ भने १० कम्पनीको भने घटेको छ । साथै बाँकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

एक दर्जन हाराहारी कम्पनीको शेयर मूल्यमा २ प्रतिशत हाराहारीले बढेको छ भने मुक्तिनाथ विकास बैंकको शेयर सबै भन्दा धेरै मूल्यको किनबेच भएको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय