राउटेको बस्तीबाट आयो दुखद खवर

काठमाण्डौ । जंगलमा बसेर जिवन चलाउने राउटेको बस्तीबाट दुखद खवर सार्वजनिक भइरहेका छन । 

एक महिनाको अवधिमा तीन जनाको ज्यान गएपछि राउटे समुदाय शोकमा परेको छ । कर्णालीका जङ्गलमा फिरन्ते जीवन विताइरहेका राउटेको धमाधम ज्यान जान थाले पछि सरकार पनि चिन्तीत भएको छ । 

एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको हो । उनीहरुको परम्परा अनुसार दाहासंस्कार गरिएको छ भने कसैको ज्यान गएपछि बसाई सर्ने चलन अनुसार उनीहरु बसाई सरिरहेका छन । 


 यसअघि गुर्भाकोट गाउँपालिकाको आँपसोतीमा रहँदा एक बालिकाको मृत्यु भएको थियो । तीनैजनको मृत्युपछि अहिले उनीहरूको संख्या १४० रहेको प्रहरी नायब उपरीक्षक थापाले उल्लेख गरे । 


मृत्युको खबर पाएपछि सुर्खेतस्थित जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेसहितको टोलीले सोमबार बस्तीमै पुगेर ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो तर अन्य कतिपयले भने जचाउन  आएका थिएनन् । उनीहरुमा कुपोषण र चोटपटक जस्ता समस्या देखिएको वाग्लेको टिमले जनाएको छ । 

प्रतिक्रिया