फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं - सरकारले फेरि डिजेल, पेट्रोल र मट्टितेलकाे मूल्य बढेकाे छ। 

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलकाे मूल्य लिटरमा २ रुपैयाँले बढाएको हो ।

बिहीबार रातिबाट लागु हुने गरी निगमले मूल्य बढाएकाे हाे । मूल्य बृद्धि पछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेलकाे मूल्य १६० रुपैयाँ कायम भएको छ।

सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको १७१ र डिजेल, मट्टितेलकाे १५९ रुपैयाँ तथा झापा, विराटनगर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगंज क्षेत्रमा पेट्रोलको १६९ पैयाँ ५० पैसा र १५७ रुपैयाँ ५० पैसा डिजेल तथा मट्टितेलकाे मूल्य कायम भएको छ ।

प्रतिक्रिया