कोरोना संक्रमित घटे पनि ज्यान जानेको संख्या बढ्यो

काठमाडौँ - ४ घण्टामा देशभर २५२६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट १६०२ र एन्टिनेज परीक्षणबाट ९२४ जनामा कोरोना पुष्टि भएको छ । 

२४ घण्टामा ११ हजार ७३ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा ६ हजार ६५५ पीसीआर र ४ हजार ४१८ एन्टिजेन परीक्षण भएको छ ।

यस आँकडामा एसएमएस तथा इमेलबाट आएका एन्टिनेज परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ८४२५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया