अहिले सम्मकै धेरै संक्रमित बुधबार थपिए, परीक्षण गरेका मध्य आधा भन्दा धेरैलाई संक्रमण

काठमाडौं - नेपालमा कोरोना संक्रमण भयाभह हुने देखिएको छ । बुधबार अहिले सम्मै धेरै नयाँ संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५२ मा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दिएको जानकारी अनुसार पीसीआर परीक्षणमा ९ हजार ५०२ र एन्टिजेन परीक्षणमा १ हजार ८५० मा संक्रमण पुष्टि भएको हो । 

यो कोरोना महामारी सुरुभएयताकै धेरै भएको अधिकारीले बताउनु भयो । 

सहप्रवक्ता अधिकारीका अनुसार २४ घण्टामा १८ हजार ७८ पीसीआर र ५ हजार ३३१ एन्टिजेन परीक्षण गरी २३ हजार ४०९ परीक्षण भएको छ । 

६१३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट ४ नजाको मृत्यु भएको छ ।

प्रतिक्रिया