धौलागिरी लघुवित्तको आईपीओमा ३५ गुणा बढीको आवेदन

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते देखि निष्काशन गरेको आईपीओमा ३५ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ९ लाख ५६ हजार ३१६ जना आवेदनबाट १ अर्ब ८ करोड ४२ लख ९३ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ४२ हजार ९३० कित्ता शेयरको लागि आवेदन परेको हो । जुन माग भन्दा ३५.१७ गुणा बढी हो ।

लघुवित्तले जारी पूँजी १० करोड ३१ लाखको ३२।१० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका दरले ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

उक्त कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघवित्तको आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ भने माग बमोजिम आवेदन नपरेमा भदौ ७ गतेसम्म आवेदन समथ थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया