काठमाण्डौ । सुचारु भएको केही महिनामै मेलम्ची आयोजनाको पानी फेरी बन्द भएको छ । गतवर्ष बाढीले तहसनहस बनाएको आयोजना मर्मतपछि पानी सुचारु गरिएको थियो ।
आजदेखि मेलम्चीको पानी आउने मूल ढोका बन्द गरिएसँगै उपत्यकावासीलाई पानीको हाहाकार हुने भएको छ । मनसुन सुरु भएसँगै बाढी आएर आयोजना प्रभावित हुने डरले आयोजना बन्द गरिएको हो । गत बैशाख ११ गतेदेखि मेलम्चीको पानी पुनः सुरु भएको थियो ।
गतवर्ष असार १ गते आएको विनाशकारी बाढीले आयोजनामा करोडौँको क्षति पुराएको थियो भने त्यसपछि तिव्र गतिमा मर्मत गरि अस्थायी रुपमा पानी ल्याउने काम भएको थियो । अब कार्तिकमा मनसुन सकिएपछि मात्र पनि फेरी सुचारु गरिने छ ।