काठमाण्डौ । पूर्व नेपाली क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
उनी विरुद्ध एक नावालिक युवतीलाई जवरजस्ती गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो ।
जिल्ला अदालत काठमाडौंले लामिछानेलाई असोज २० बाट लागू हुनेगरी ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछाने यहि असोज २० गते नेपाल आएसँगै प्रहरीले विमानस्थलबाटै हिरासतमा लिएको थियो ।