काठमाडौंं - बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११.६८ अंक घटेर १९२७.२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२१ अंक बढेर १९२८.५० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०५ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ३ स्टकको ५ लाख ५३ हजार ६१ रुपैयाँ ४० पैसा बराबरको २ हजार ४७२ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये २ स्टकको मूल्य बढेको छ भने बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।