आरोप बारे सन्दिपले भने - म निर्दोष छु 

काठमाण्डौ । क्रिकेटर सन्दिप लामिछानेले आफु निर्दोष रहेको बताएका छन । साथै उनले क्यानसँग कानुनी लडाइमा साथ दिन सहयोग समेत मागेका छन । 

हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी(२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए।  

लिग सकेपछि सन्दीप नेपाल फर्कने बताइएको छ। सन्दीपलाई एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै बलात्कारको उजुरी दर्ता गरेकी छन्।

प्रतिक्रिया