ललितपुरको ढोलाहिटीमा दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ । 

होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो । 

मृत्यु हुनेमा रेवाज राई र प्रेजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । 

घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् । 

प्रतिक्रिया