मनसुनी वायुको प्रभाव: देशभर भारी वर्षाको सम्भावना

काठमाडौँ - मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालको दक्षिण भूभाग/सिमाना आसपास रहेको छ। यसका कारण देशभर साधारणता बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्तमान अवस्थामा बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोमा देशभर साधारणदेखि पूर्ण बदली रहनुको साथै विभिन्न प्रदेशहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार, कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा, साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा हुने पनि पूर्वानुमान गरिएको छ।

बिहीबार राति पनि देशभर साधारणदेखि पूर्ण बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी प्रदेशहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया