हिजो १ बजे नै बन्द भएको शेयर बजार आज खुल्छ की खुल्दैन ?

काठमाडौं - सोमबार १२ बजार ५३ मिनेट जदादेखि समस्या आएको शेयर बजार बेलुकी ४:१५ बजे बन्द भयो । त्यति लामो समयपछि बन्द भएपनि बजारमा कारोबार भने दिउँसो १ बजेबाट हुन् सकेको थिएन । 

अबेर समस्या समाधान भयो भने समय थपेर कारोबार खुलाउने तयारीमा रहेको नेप्से त्यसमा सफल हुन नसकेपछि ढिलो गरी बजार बन्द भएको सूचना राख्न बाध्य भएको थियो । 

शेयर बजार बन्द नहुँदा सम्म १ अर्ब माथिको कारोबार भएको थियो भने नेप्से शून्य दशमलव १५ अंकले बढेको थियो । तिब्र उतार चढाव बीच बजार यसरी विग्रिनुलाई सामान्य मानन्न नसकिने कतिको बुझाइ छ । 

आखिर भएको के हो ? 

नेपालमा सञ्चालनमा रहेका ब्रोकरहरुले फरक फरक डाटा सेन्टर प्रयोग गर्छन् । करिब ३० ब्रोकारहरुले प्रयोग गर्ने डाटा सेन्टरमा समस्या आएपछि ती कम्पनीको टीएमएस चल्न सकेनन् त्यसपछि शेयर बजारमा कारोबार हुन सकेन । 

कतिपय लगानीकर्ताले यो समस्या आउनु प्राविधिक कुरा मात्र नभएर चलखेलको कुरा समेत भएको हुन सक्ने आरोप लागिरहेका छन् । नेप्सेले भने यो आफ्नो समस्या नभएको बताउँदै आएको छ । 

आज शेयर बजार के हुन्छ ? 

हिजो बन्द भएको बजार आज खुल्छ की खुल्दैन भन्ने धेरैको चासो बढेको छ । यस विषयमा हामीले नेप्सेमा बुझ्ने प्रयास गरेका थियौं । दिउँसो देखिनै प्रविधिहरु समस्या समाधानमा लागेको हुँदा समस्या पहिचान भई समाधान समेत भएको जानकारी प्राप्त भएको छ । 

आज सामान्य रुपमा बजार खुल्ने छ तर फेरि त्यही समस्या आउना सक्ने तर्फ भने सबै सजक रहेको नेप्सेको भनाइ छ । 

प्रतिक्रिया