रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

 काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आज सम्म नेप्सेमा कारोबार भएर कायम सेयरधनीहरुले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारणसभा असोज १६ गते हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७६र७७ र २०७७र७८ का लागि प्रस्तावित लाभांश पारित  गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट चुक्तापुँजीको १०।५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। 

त्यसैगरी,  कम्पनीले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रतिक्रिया