फागुन १९ देखि फागु बैरिया मेला महोत्सव हुने

रौतहट - रौतहटको समनपुरमा फागुन १९ गतेदेखि २३ गतेसम्म फागु बैरिया मेला महोत्सव हुने भएको छ । अंग्रेज युद्धसित सम्बन्धित रहेको गढीमाई नगरपालिकाको समनपुरमा प्रत्येक वर्ष ऐतिहासिक मेला लाग्ने गरेको छ ।

आइतबार पत्रकार सम्मेलन गरी गढीमाई नगरपालिकाका नगर प्रवक्ता दीपेन्द्र श्रेष्ठले फागुन १९ गतेदेखि २३ गतेसम्म फागु बैरिया मेला महोत्सव हुने जानकारी दिए । कुनै समय नेपाल र अंग्रेजबीच भएको युद्धमा समनपुरवासीले अंग्रेजलाई परास्त गरेको अवसरमा समनपुरमा प्रत्येक वर्ष अहिलेको समय मेला लाग्दै आएको छ ।

सन् १८१४ मा नेपाल–अंग्रेजबीच भएको युद्धमा स्थानीय समनपुरवासीले अंग्रेजलाई धपाएका थिए भने धेरै हातहतियार समेत खोसेको इतिहास छ । अंग्रेजबाट खोसिएको हातहतियार अहिले पनि सुरक्षित राखिएको गढीमाई नगरपालिकाका नगर प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

मेलामा विभिन्न झाँकी तथा प्रदर्शनी, विभिन्न व्यावसायिक स्टलहरू, सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू, व्यापार, व्यवसाय, स्थानीय खानाका विविध परिकारको प्रदर्शनी हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय