अपी पावरले एक करोड कित्ता सेयर निष्कासन गर्ने


काठमाण्डौ–अपी पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि यही चैत २५ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ।  कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०.३९ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ । 


सेयरधनीहरुले यो हकप्रदमा आउँदो वैशाख १५ गतेसम्म आवेदन दिन पाउनेछन्। आवेदन नेपाल धितोपत्र बोर्डको इजाजतप्राप्त सी–आस्बामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ।  कम्पनीले हकप्रद निष्कासनका लागि यही चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्। 


अपी पावरको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यो हकप्रदमा नेपाल धितोपत्र बोर्डले गत फागुन २६ गते निष्कासन अनुमति दिएको थियो। यसअघि गत जेठमा पनि अपी पावरले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको २९.३९ प्रतिशत हकप्रद बिक्री गरेको थियो।
 

प्रतिक्रिया