निरन्तर ओरालो लाग्दै शेयर बजार २५ सय तल झर्यो,कारोबार रकम २ अर्ब पनि पुगेन 

काठमाण्डौ । शेयर बजार तल झर्ने क्रम सोमबार पनि रोकिएन । आइतबार दोहोरो अंकल घटेको बजार आज पनि करिव १६ अङ्कले घटेर समग्र बजार २४९७ विन्दुमा आएको छ । 

नेप्सेसँगै कारोबार रकम पनि सुस्ताएको छ । आज एक अर्ब ५८ करोडको मात्र शेयर खरिद बिक्री भएको छ  भने २२६ कम्पनीको शेयर किनबेच भएको छ । कारोबार भएमा मध्य ३६ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ । 

नेप्सेका सबै १२ उपसूचक रातै भएका छन भने इमर्जिङ नेपालको शेयर सबै भन्दा धेरै पटक खरिद बिक्री भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय