तनहुँबाट आयो दुखद खवर

काठमाण्डौ । अविरल बर्षासँगै आएको बाढी पहिरोले धेरै धन जनको क्षती भइरहेको छ । असार महिना भएका कारणले नेपालमा पानी पर्नु स्वभाविक हो तर यसले यो पटक विगतमा भन्दा धेरै क्षती पुराएको छ । 

यसैक्रममा खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् ।  
जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरे खोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएपछि खोजतलास गरिए पनि भेट्टाउन सकिएको थिएन । 


आज बिहानदेखि नै नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा खोजी गर्दै जाँदा बगाएको स्थानबाट करिब एक किलोमिटर दूरीमा शव फेला परेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । 

प्रतिक्रिया