काठमाण्डौ । यहि हप्तादेखि दोस्रो बजारमा कारोबार सुरु गरेको मध्य भोटेकोशीको शेयर मूल्यमा आज लगातार तेस्रो दिन पनि सर्किट लागेर कारोबार भएको छ ।
न्युन मूल्यमा पहिलो कारोबार खुलेका कारण तीन दिनको सर्किट लाग्दा पनि कम्पनीको शेयर मूल्य अपेक्षीत बढ्न सकेको छैन । सोमबार,मंगलबार र बुधबार तीन दिनमा शेयर मूल्य १ सय १४६ रुपैयाँ ४० पैसा पुगेको छ ।
यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर ९ लाख हाराहारी शेयर खरिद माग छ भने १ सय ६ कित्ताको मात्र कारोबार भएको छ ।