झिनो अङ्कले बजार बढेपछि लगानीकर्ता उत्साहित,कारोबार रकम भने ३ अर्ब पनि पुगेन 

काठमाण्डौ । साताको दोस्रो दिन सोमबार बजार मापक सूचक नेप्से १.५ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २५४४ विन्दुमा पुगेको छ । आज नेप्सेमा दिनैभरि उत्साह देखि पनि बन्द हुने बेलामा भने घट्दै आएको थियो ।

नेप्सेमा झिनो हरियाली देखि पनि कारोबार रकम भने २ अर्ब ६० करोडमा सीमित भएको छ । आज दिनै भरिमा २३० कम्पनीको शेयर खरिद बिक्री भएकोमा ६५ कम्पनीको शेयर मूल्य मात्र बढेको छ साथै ८ कम्पनीको भने यथावत रहेको छ । बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ । शिवम् सिमेन्टको शेयर खरिद बिक्री सबै भन्दा धेरै हुँदा बीमा समूहको उपसूचक धेरैले घटेको छ । 

बैंक र होटल उपसूचक सामान्य बढ्दा अन्य सबै उपसूचक भने राताम्मे भएका छन । आज कुनै पनि कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छैन भने धेरै कारोबार हुनेको सूचीमा नेपाल दुरसञ्चार कम्पनी दोस्रो स्थानमा रहेको छ । 

आज बजार सामान्य अङ्कले बढेसँगै लगानीकर्तामा उत्साह देखिएको छ । बजार अब निरन्तर माथि जानेमा आफुहरु आशावदी रहेको लगानीकर्ताको भनाइ छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय