काठमाडौंं - बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार १६.२७ अंक बढेर २०४५.६९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५१ अंक बढेर २०४६.२१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१६ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ५ स्टकको १ लाख ६० हजार ९१७ रुपैयाँ बराबरको ४८४ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ४ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ।