लामो समयपछि निफ्राको शेयर मूल्यमा सर्किट

काठमाण्डौ । अघिल्लो बर्ष प्राथमिक शेयर निष्कासन गरेको नेपाल पूर्वाधार विकास बैंकको शेयर मूल्यमा बुधबार सर्किट लागेको छ । साथै यो समाचार तयार पार्दा सम्म कम्पनीको सबै भन्दै मूल्यको शेयर खरिद विक्री समेत भएको छ । 

आज निफ्रा लगाएत कर्पोरेष्ट विकास बैक,नारायणी विकास बैक र मध्य भोटेकोशीको शेयर मूल्यमा समेत सर्किट लागेको छ । निफ्राको करिव ३ लाख कित्ताको शेयर कारोबार भएको छ भने करिव ५ लाखले यो कम्पनीको शेयर खरिदको लागि माग गरेका छन । 

शेयर बजारमा निरन्तर उत्साह कायमै छ । आज यो समाचार तयार पार्दा सम्म बजार परिसूचक २२ अंकले बढेर समग्र बजार २८५६ विन्दुमा पुगेको छ । 

प्रतिक्रिया