काठमाण्डौ । साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक करिव २० अङ्कले घटेर बजार बन्द भएको छ । बुधबार सामान्य अङ्कले बजार बढेको थियो ।
नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । समग्र बजार २३५६ विन्दुमा आइपुग्दा एक अर्ब ४९ करोड बराबरको शेयर किनबेच भएको छ । आज नेप्सेका अधिकांश उपसूचक रातै भएका छन भने एक कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।
आज नेप्सेमा सूचिकृत भएमा मध्य २२६ कम्पनीहरूको शेयर किनबेच भएको छ । जसमध्ये २५ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरूको शेयर मूल्य भने घटेको छ । आइएमई जनरल इन्स्युरेन्स कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार हुँदा बीमा समूहको उपसूचक सबै भन्दा धेरै घटेको छ ।