घट्दै नेपालमा कोरोना संक्रमण - १७५६ संक्रमित थपिँदा २२७४ निको

काठमाण्डौ - नेपालमा पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको देखिएको छ । 

पछिल्लो २४ घण्टामा १७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २२७४ जना संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ । 

 

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणबाट ७ लाख ६७ हजार  २७१ र एन्टिजेन विधिबाट ८४ हजार ६९३ जना पुगेको छ।  यस्तै संक्रमितमध्ये हालसम्म ७ लाख २३ हजार ४५६ जना निको भएका छन् । 

हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४.३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय