एकै दिन नेप्सेमा ५ कम्पनीहरुको शेयर मूल्य समायोजन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा ५ कम्पनीहरुके शेयर मूल्य समायोजन भएको छ । कम्पनीको बुक क्लोज भएपछि शुक्रावार मूल्य समायोजन भएको हो । 

नेप्सेमा मूल्य समायोजन हुनेमा नबिल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, हिमालयन डिष्टीलरी, गुडविल फाइनान्स र फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको रहेका छन । 

नबिल बैंक लिमिटेडको ३३।६० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ८५ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ४ सय ५० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय १० रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ९२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

हिमालयन डिष्टीलरीको ७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ हजार ९ सय २५ रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६ हजार ८ सय ७० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

गुडविल फाइनान्सको ९।१० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ३३ रूपैयाँ ४६ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय ८२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ९ सय ६२ रूपैयाँ ९६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ हजार ६ सय ५० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रतिक्रिया