काठमाडौं - आफ्नो फरक परिचय बाट सबैमाझ लोकप्रिय शिव चन्द्रले आफ्नो तस्बिर सार्बजनिक गरेका छन् ।
पर्दा पछाडि रहेरै उनी निकै लोकप्रिय थिए भने शेयर बजारसँग सम्बन्धित खरो विचार राख्दै आइरहेका थिए ।
केही दिन अघि एक मिडियामा आवाज फेरेर र आफ्नो परिचय लुकाएर दिएको अन्तरवार्ताको चर्को आलोचना भएपछि आईतबार उनले आफ्नो असली तस्बिर सार्वजानिक गरेका छन् ।
नयाँ पुराना लगानीकर्ताले शिव चन्द्रलाई एक असल गुरुको रुपमा समेत लिने गरेका छन् । उनले शेयर लगानीकर्ताहरुले हितमा आफ्नो विचार राख्दै आएका थिए ।
मिडियाको अन्तरवार्ता पछि उनको निकै आलोचना भएको थियो । त्यही आलोचनाको कारण उनी सार्वजनिक भएको अनुमान लगाउन सकिन्छ ।
हेर्नुहोस् उनले सार्वजनिक गरेको पछिल्लो तस्बिर