भारत टी-ट्वेन्टी विश्वकप सेमिफाइनलमा, अष्ट्रेलियालाई २४ रनले पराजित

काठमाडाैं - भारतले अष्ट्रेलियालाई २४ रनले हराउँदै आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा भारतले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनायो। कप्तान रोहित शर्माले ९२ रनको उत्कृष्ट पारी खेले। सूर्यकुमार यादवले ३१, शिवम् दुबेले २८, हार्दिक पाण्डेयले नटआउट २७, र रिषभ पन्तले १५ रनको योगदान दिए।

 

अष्ट्रेलियाका बलर मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान २(२ विकेट लिए भने जोश हेजलवुडले १ विकेट लिए।

 

२०६ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो। ट्राभिस हेडले ७६ रन बनाए भने कप्तान मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २०, टिम डेभिडले १५ र प्याट कमिन्सले नटआउट ११ रनको योगदान दिए। भारतीय बलर अर्शदीप सिंहले ३ विकेट लिए भने कुलदिप यादवले २ र जसप्रित बुमराह तथा अक्षर पटेलले समान १(१ विकेट लिए।

 

भारतले अब सेमिफाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। अष्ट्रेलियाको भने सेमिफाइनल पुग्ने सम्भावना अफगानिस्तान र बंगलादेशबीच आज बिहान हुने खेलमा निर्भर हुनेछ। यदि अफगानिस्तानले जितेमा अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिनेछ।

प्रतिक्रिया