काभा नेसन्स लिग भलिबल : नेपाल फाइनलमा

काठमाडौं: घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ। नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँग उपाधिका लागि भिड्ने पक्का गरेको छ।

नेपालले यसअघि भोगेको हारको बदला पनि सफलतापूर्वक लिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा नेपालले इरानलाई ३-० को सोझो सेटमा हरायो। नेपालले इरानविरुद्ध पहिलो सेटमा २५-२१, दोस्रोमा २८-२६, र तेस्रोमा २५-२० को जित हात पारेको हो।

समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै इरानसँगको सेमिफाइनल भेट पक्का गरेको थियो। नेपालले समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। दोस्रो खेलमा उपाधि दाबेदार भारतलाई ३-२ ले हराउँदै नेपालले सेमिफाइनल यात्रा तय गरेको थियो।

आइतबार भएको तेस्रो खेलमा नेपाल इरानसँग ३-२ ले पराजित भएको थियो। सोमबार लिग चरणको अन्तिम खेलमा नेपालले अंकविहीन माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको थियो।

प्रतिक्रिया